दुई प्रहरी अधिकारीको बढुवा सिफारिस

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई नायब महानिरीक्षकको बढुवा सिफारिस गरेको छ । मन्त्रालयको बढुवा सिफारिस समितिको बुधबार बसेको बैठकले प्रहरी नायब महानिरीक्षकद्वय कुवेर कडायत र रवीन्द्र केसीको प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस गरेको हो ।
बढुवा समितिको सचिवालयले बुधबार एक सूचना प्रकाशित गर्दै रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक बदमा बढुवाका लागि कडायत र केसीको नाम सिफारिस गरिएको जनाएको छ ।
बढुवा सिफारिस गरिएका कडायत प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् भने केसी पनि प्रहरी प्रधान कार्यालयकै अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत छन् ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया