NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

मैले एमाले छाडेको छैन : लेखराज भट्ट

काठमाडौं । नेकपा (एमाले) का नेता लेखराज भट्टले आफूले एमाले नछाडेको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमा मंगलबार भट्टसहित एमालेका ४६ बढी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको हल्ला फैलिएको थियो । लगत्तै भट्टले त्यसलाई निराधार रहेको बताएका हुन् ।

उनले आफू एमालेमै रहेको उल्लेख गर्दै भ्रममा नपर्न जनसमुदायलाई आग्रह गरेका छन् ।

‘म तीन दिनदेखि हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी थिएँ’ भट्टले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर मंगलबार सामाजिक सञ्जालमा एकाएक मेरो बारेमा पार्टी छोड्यो भनेर कुप्रचार गरेको कुरा अबेर साँझ निवासमा पुगेपछि थाहा पाएँ । यो सबै भ्रम हो ।’

पूर्वसचिव भीम उपाध्यायले फेसबुकमा एक स्ट्याटस पोस्ट गर्दै भट्टसहित ४६ जना एमाले परित्याग गरी माओवादी प्रवेश गरेको उल्लेख गरेका थिए । सामाजिक सञ्जालमा राम्रो फलोअर्स रहेका उपाध्यायले यस्तो पोस्ट् गरेपछि सामाजिक सञ्जालमा यो विषय फैलिएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष