विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतवादी श्यामकिशोर रायसमेत रहेको भ्रष्टचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
विशेष अदालतले सर्लाहीको कविलासी नगरपालिका–८ स्थित अधुरो अवस्थामा रहेको रामजानकी मन्दिर निर्माणका सम्बन्धमा सरकारी स्रोतको पैसा दुरुपयोग भएको सन्दर्भमा आयोगको निर्णय कानुनसम्मत नभएको फैसला सुनाएको थियो ।
उक्त फैसलामाथि चित्त नबुझेको भन्दै आयोगले सोमबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।
यस्तै प्रतिवादी सचिनकुमार भदैसवार रहेको भ्रष्टाचार मुद्दामा पनि विशेष अदालतले गरेको फैसलामा चित्त नबुझाई आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेषले भदैसवारको मुद्दामा २०८० चैत २५ गते फैसला गरेको थियो ।
विशेष अदालतले गरेको फैसला चित्त नबुझेको भन्दै आयोगले पछिल्ला दिनमा नियमित सर्वोच्चमा पुनरावेदन गर्दै आएको छ ।
सोमबारमात्रै आयोगले विशेषले गरेको तीन वटा फैसलाविरुद्ध पुनरावेदन गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
ताजा अपडेट
-
सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन पहल
-
बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई कांग्रेसको ह्विप जारी
-
आवश्यक रासायनिक मल मौज्दात छ, चिन्ता गर्नु पर्दैन : कृषिमन्त्री अधिकारी
-
प्रधानमन्त्रीलाई सहकारी महासङ्घको ध्यानाकर्षण
-
सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक
प्रतिक्रिया