अधिवक्तामाथिको आक्रमण अस्वीकार्य, पार्टी कार्यकर्ता भए कारबाही गर्छौं : रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्ने व्यक्ति रास्वपा कार्यकर्ता भएको पुष्टि भए कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।
बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै आक्रमणमा संलग्न व्यक्ति पार्टी कार्यकर्ता भए कारबाही गर्ने प्रतिबद्धता जनाएको हो ।
रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा राजनीतिक दलका लागि यस किसिमका व्यवहार स्वीकार्य नभएको उल्लेख छ ।
‘यस विषयमा पार्टीको अनुशासन विभागको ध्यानार्कषण भएको छ र सो घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।
रवि लामिछानेलाई विपक्षी बनाएर दायर गरिएको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा जाहेरीवालाको तर्फबाट थुनछेक बहस गरेर निस्कँदै गर्दा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरमै आक्रमण भएको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया