NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ फागुन ४ गते

अधिवक्तामाथिको आक्रमण अस्वीकार्य, पार्टी कार्यकर्ता भए कारबाही गर्छौं : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्ने व्यक्ति रास्वपा कार्यकर्ता भएको पुष्टि भए  कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।

बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै आक्रमणमा संलग्न व्यक्ति पार्टी कार्यकर्ता भए कारबाही गर्ने प्रतिबद्धता जनाएको हो ।

रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा राजनीतिक दलका लागि यस किसिमका व्यवहार स्वीकार्य नभएको उल्लेख छ ।

‘यस विषयमा पार्टीको अनुशासन विभागको ध्यानार्कषण भएको छ र सो घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

रवि लामिछानेलाई विपक्षी बनाएर दायर गरिएको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा जाहेरीवालाको तर्फबाट थुनछेक बहस गरेर निस्कँदै गर्दा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरमै आक्रमण भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष