जलवायु परिवर्तनको प्रभाव– पुसमै पाक्यो ‘चैतेकाफल’
तुलसीपुर । चैतमा पाक्ने काफलको परिचय फेरिँदै गएको छ । विगतमा चैतमा मात्रै फल्ने भएकाले चैतेकाफल भन्ने गरिएकामा अचेल पुस–माघमै फल्ने थालेपछि त्यसको नामबारे अन्योल बनेको छ ।
हुन त धेरैतिरबाट यस्ता खबरहरू आउने भएकाले आजभोलि कतिपयका लागि यो आश्चर्यको विषय होइन तर दाङको तुलसीपुर उपमहानगरपालिका–१९, छिल्लीकोटमा भने धेरै जना आश्चर्यचकित छन् किनकि यहाँ पुसमै काफल पाक्न थालेको छ ।
विगत वर्षदेखि यस क्षेत्रमा कुनै वर्ष चैतभन्दा पछि, कुनै वर्ष त्यसभन्दा अघि नै काफल पाक्न थालेपछि धेरै मानिस अचम्मिच बनेका हुन् । “गएको वर्ष जेठसम्म पनि चैतेकाफल नपाकेको छिल्लीकोटमा यस वर्ष भने पुसमै पाकेको छ । यस्तो कहिल्यै हुन्थेन । यो के अचम्म भएको हो ?’’ आश्चर्य मान्दै स्थानीय प्रवीर पुनले भने ।
केही वर्षअघिसम्म चैतेकाफल चैतमै पाक्ने गरेको भए पनि पछिल्लो समय कहिले अघि र कहिले पछि पाक्दा आफूहरू अचम्मित भएको उनको भनाइ छ ।
यस वर्ष पुसमै काफल चाख्न पाएको पुनले जानकारी दिए । यहाँ पुसको तेस्रो हप्तादेखि काफल पाक्न थालेको हो ।
जलवायु परिवर्तनका कारण यस्तो समस्या देखिने गरेको तुलसीपुर उपमहानगरपालिकाका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए । उनका अनुसार चिसो मौसममा १० डिग्रीभन्दा कम तापक्रम नहुँदा यसरी अगाडि नै काफल पाकेको उनको भनाइ छ ।
“यस वर्ष १० डिग्रीभन्दा कम तपक्रम नै भएन,” उनले भने, “यसको प्रभावले पनि छिट्टै काफल पाकेका हुन् ।”
बिरुवामा हर्मोनल प्रभावले यसरी समयभन्दा ढिलो र छिटो हुने गौतमको भनाइ छ । बिरुवामा पातको मुना आउने र फूलको मुना आउने आ–आफ्नै समय हुने गरेको भए पनि यसपटक सँगसँगै पातको मुना र फूलको मुना आउँदा पनि त्यस्तो प्रभाव परेको हुनसक्ने उनको भनाइ छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया