प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले आज भेट गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो ।
सो अवसरमा बेलायती राजपरिवारका सदस्य डुुक अफ इडिनबर्गको आसन्न नेपाल भ्रमणका विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिरीहरुको समेत सहभागिता थियो ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया