NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २१ गते

यसकारण चाहिन्छ पारिवारिक बजेट

बजेटले फजुल खर्चमा कटौती गर्न उत्प्रेरित गर्दै आजको भन्दा भोलिको भविष्य आर्थिक रूपमा व्यवस्थित बनाउँछ

व्यक्तिलाई जन्मदेखि मृत्युुसम्म पैसाको आवश्यकता पर्छ । त्यसकै लागि मानिसले दिनरात मिहिनेत गरिरहेको हुन्छ । तर जीवनमा कुनै बेला त्यस्ता मोडहरू आउँछन् जतिबेला अकस्मात् पैसाको खाँचो पर्छ । त्यसबेला आफूूसँग केही बचत नहुुँदा व्यक्ति मानसिक रूपमा विक्षिप्त बन्छ । त्यसैले व्यक्तिको जीवनमा बचत अपरिहार्य हुन्छ ।

व्यक्तिको जीवनमा मध्यकालीन र दीर्घकालीन लक्ष्यहरू हुुन्छन् । मानिसका त्यस्ता दीर्घकालीन लक्ष्य पूरा गर्ने साधन बजेट हो । समयानुुसार व्यक्तिका आकांक्षा बढ्दै जान्छन् । त्यसको परिपूूर्ति गर्न पनि बचत अस्त्रको रूपमा प्रयोग हुन सक्छ । परिवारभित्र राम्रो आम्दानी र बचत हुँदा त्यसले पारिवारिक सन्तुष्टिसँग परिवारको आर्थिक भविष्य पनि सुरक्षित बनाउँछ । अझै महत्त्वपूर्ण कुरा यसले मितव्ययी र किफायती बन्न सिकाउँछ ।

पारिवारिक बजेट परिवारको आम्दानी र खर्चको लेखाजोखा हो । जसले आवश्कयकतानुुसार परिवारको खर्च र वित्तीय लक्ष्यहरूको व्यवस्थापनसमेत गर्दछ ।

हाम्रो मुुलुुकमा व्यक्तिको आम्दानी प्रायः मासिक रूपमा हुने भएकाले बजेट पनि तदनुरूप विनियोजन गर्ने चलन छ । पारिवारिक आम्दानीलाई कुनमा कति खर्च गर्ने भनेर छुुट्याउन सकिन्छ । यसलाई खर्चको शीर्षक पनि भनिन्छ । जस्तो : दैनिक चाहिने सामानको लागि, बालबच्चाको विद्यालय शुुल्क, यातायात, औषधि, कर्जा लिएको भए त्यसको किस्ता ।

कसरी बनाउने बजेट ?

बजेट बनाउँदा आम्दानीभन्दा बढी खर्च गर्नुुहुुन्न । यति बुुझेपछि आम्दानीको लेखाजोखा राख्नुपर्छ । त्यसपछि शीर्षक निर्धारण गर्नुुपर्छ । आम्दानी र खर्चको लेखाजोखापछि कति पैसा बाँकी रहन्छ त्यो बचतमा राख्नुुपर्छ ।

मानौं, एउटा परिवारको आम्दानी ३३ हजार रूपैयाँ छ । उसले अतिआवश्यक गर्नैपर्ने खर्च २२ हजारको छ भने उसले ११ हजार बचत गर्न सक्छ । आम्दानीभन्दा खर्च कम गर्न सके मात्र बचत हुुन्छ ।

खर्चका प्रकार

व्यक्तिले गर्ने सबै खर्च अतिआवश्यक हुुँदैनन् । खर्च आवश्यकता, चाहना र फजुल गरी ३ प्रकारका हुुन्छन् । आर्थिक रूपमा सबल र सक्षम हुुन् यिनै खर्चमा कटौती गर्न सिक्नुुपर्छ । त्यसो त खर्च व्यक्तिको जीवन निर्वाहमा अतिआवश्यक हुन्छ । खाद्यान्न, लुुगा, शिक्षादेखि औषधि उपचारसम्मका कार्य गर्न रकम नभई हुँदैन ।

बजेट बनाउँदैमा धनी भइन्छ त ? 

बजेटले फजुल खर्चमा कटौती गर्न उत्प्रेरित गर्दै आजको भन्दा भोलिको भविष्य आर्थिक रूपमा व्यवस्थित बनाउँछ । बजेट बनाउँदैमा धनी नै बनिन्छ भन्ने हुँदैन । तर यसले हाम्रा दीर्घकालीन लक्ष्य पूरा गर्न भने सहयोग पुयाउँछ । यसका लागि आफैंले बजेटको कति पैसा खर्च गर्ने, कति जोगाउने, कति बचत गर्ने भन्ने जस्ता महत्त्वपूर्ण कुरा निर्धारण गर्नुपर्छ । वित्तीय लक्ष्यअनुरूप बजेट बनाएको खण्डमा मात्रै हामीले निर्धारण गरेका लक्ष्य भेटिन सक्छन् ।

बजेट किन ? 

पारिवारिक बजेटले आम्दानीको जानकारी त दिन्छ नै खर्च ट्रयाकसमेत गर्छ । आम्दानी अनुसारको खर्च गर्ने बानीको विकाससमेत यसबाट हुुन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा, बचतले अपर्झट आइपर्ने समस्यामा पनि पैसाको अभाव हुन दिँदैन । व्यक्तिको आत्मबलसमेत उसैगरी बढाउँछ ।

बचत व्ययवस्थापन

बजेट गरेर मात्रै पनि हुुँदैन, यसको उचित व्यवस्थापन गर्न पनि जान्नुु पर्छ । यदि थोरै मात्र बचत गर्ने हो भने खुुत्रुुकेलाई उपयोग गर्न सकिन्छ । खुुत्रुुकेमा भएको बचत मासिक वा अर्धमासिक रूपमा निकालेर बैंकमा राख्न सकिन्छ । अर्को बचतको पैसा लगानी गर्न सकिन्छ । सेयर बजार, म्युुचअल फण्ड, नागरिक बचत पत्र, जीवन बीमा बचत रकम सदुपयोग गर्ने उपयुक्त ठाउँ हुनसक्छन् ।

(नेपालवाचको टेलिभिजन कार्यक्रम कुुरा पैसाकोमा वित्तीय साक्षरता प्रशिक्षक उमा बोहाेराले राखेको विचारको सम्पादित अंश)

ताजा अपडेट

नेपालवाच विशेष