अबको चनावमा बहुमत ल्याएर देशलाई समाजवादतिर डोहो–याउँछु : प्रचण्ड
धुलिखेल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा समाजवादी क्रान्तिको सुरुवात भएको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिले आज धुलिखेलमा आयोजना गरेको ‘राजनीतिक तथा वैचारिक प्रशिक्षण एवं पार्टीको पालिकास्तरको नयाँ निर्वाचित समितिलाई बधाई’ कार्यक्रममा उनले आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिकोे थालनी गरेसँगै समाजवादी क्रान्तिका सुरुवात भएको बताएका हुन् ।
उनले भने, “आर्थिक सङ्कट समाधान र समृद्धिका पक्षमा सरल काम गरेर नयाँ र महत्वपूर्ण सन्देश दिन सफल भएको छु ।”
उनले आफू १८ महिना प्रधानमन्त्री हुँदा गरेको कामले विस्तारै जनतामा परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । अब ०८४ मा बहुमत ल्याएर समाजवादतिर देशलाई डो–याउने लक्ष्य रहेको उनले बर्ताए । पार्टीले प्रतिस्पर्धाकै बाटोबाट समाजवादी क्रान्तिको थालनी गरिरहेको उनले उल्लेख गरे ।
जनताबाट ऊर्जा प्राप्त भएको बताउँदै उनले अब हुलाकी मार्ग र पूर्वपश्चिम मार्ग, मध्यपहाडी लोकमार्ग र हिमाली अभियान आगामी फागुन १२ गतेबाट सुरु गरिने जानकारी दिए ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले वर्ग सङ्घर्षमा भन्दा अन्तरसङ्घर्षमा रम्न थालेर बिग्रेको बताउँदै अब विचार र राजनीतिलाई जोड दिन आग्रह गरे ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया