जबर्जस्ती करणी कसुरमा कर्मचारी पक्राउ
सिरहा । नेपाल विद्युत् प्राधिकरण सिरहा शाखामा कार्यरत एक जना कर्मचारीलाई जबर्जस्ती करणी र विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा सिरहा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउपर्नेमा उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का ३१ वर्षीय विश्वराज राई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । राईलाई सिरहा नगरपालिका–७, हेमनारायण चौकबाट पक्राउ गरिएको हो ।
सूचना अधिकारी पासवानका अनुसार ती कर्मचारीको जाहेरीका आधारमा विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा राईलाई पक्राउ गरिएको हो । काठमाडौँ जिल्ला अदालतको अनुमतिबमोजिम आरोपी राईलाई पक्राउ गरी बिहीबार काठमाडौँ साइबर ब्युरो शाखा पठाइएको प्रहरी नायब उपरीक्षक पासवानले बताए ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया