खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा
काठमाडौं । खानेपानी मन्त्रालयमा शनिबार बिहान लागेको आगो नियन्त्रणमा आएको छ । मन्त्रालयको चौथो तलामा लागेको आगो प्रहरी र कर्मचारीको प्रयासमा नियन्त्रणमा आएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले मन्त्रालयमा लागेको आगो अहिले पूर्ण रूपमा नियन्त्रणमा लिएको जनाएको छ ।
मन्त्रीको कार्यकक्ष रहेको मन्त्रालयको चौथो तलामा शनिबार बिहान ८ः४५ बजे आगलागी भएको थियो । आगो दुई कोठामा फैलिए पनि क्षतिको विवरण आइसकेको छैन ।
विद्युत् सर्ट भएर आगलागी भएको अनुमान प्रहरीले गरे पनि खुलिसकेको छैन ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया