खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा
काठमाडौं । खानेपानी मन्त्रालयमा शनिबार बिहान लागेको आगो नियन्त्रणमा आएको छ । मन्त्रालयको चौथो तलामा लागेको आगो प्रहरी र कर्मचारीको प्रयासमा नियन्त्रणमा आएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले मन्त्रालयमा लागेको आगो अहिले पूर्ण रूपमा नियन्त्रणमा लिएको जनाएको छ ।
मन्त्रीको कार्यकक्ष रहेको मन्त्रालयको चौथो तलामा शनिबार बिहान ८ः४५ बजे आगलागी भएको थियो । आगो दुई कोठामा फैलिए पनि क्षतिको विवरण आइसकेको छैन ।
विद्युत् सर्ट भएर आगलागी भएको अनुमान प्रहरीले गरे पनि खुलिसकेको छैन ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया