इजरायलसँग हमास रुष्ट, बन्धक रिहा रोक्ने घोषणा
काठमाडौं । इजरायल र हमासबीच खटपट सुरु भएको छ । इजरायलसँग रुष्ट बनेको हमासले बन्धक रिहा स्थगन गर्ने घोषणा गरेको छ ।
इजरायलले युद्धबिराम सम्झौता पालना नगरेको ठहर गर्दै हमासले बन्धक रिहा प्रक्रिया स्थगित गर्ने जनाएको हो ।
हमासले जारी गरेको विज्ञप्तिमा इजरायलले गाजामा आक्रमण जारी राखेको, विस्थापित प्यालेस्टेनी घर फिर्ती ढिला हुनुको साथै मानवीय सहायता पु–याउन ढिलाइ भएको उल्लेख छ ।
‘पछिल्लो तीन हप्तामा दुश्मनले सम्झौताको सर्त पालना नगरी बारम्बार युद्धविराम सम्झौता उल्लंघन गरेको हाम्रो नेतृत्वले देखिरहेको छ,’ हमासले विज्ञप्तिमा भनेको छ ।
इजरायल र हमासबीच यसअघि भएको सम्झौताअनुसार आगामी शनिबार बन्धक रिहा हुने कार्यसूची थियो ।इजरायली र प्यालेस्टिनीहरू युद्धविराम सम्झौतापछि आफ्नो आफन्त रिहा हुने व्यग्र प्रतीक्षामा थिए । नेपालका विपिन जोशीलाई पनि हमासले बन्धक बनाएर राखेकाले उनी पनि छुट्ने आशा गरिएको थियो । इजरायलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अन्तिममा हमास पछाडि फर्किएसँगै युद्धविरामको भविष्यमाथि नै अन्योल सिर्जना भएको छ ।
इजरायली पक्षबाट भने हालसम्म कुनै प्रतिक्रिया आएको छैन ।
इजरायल र हमासबीच गत जनवरी १६ मा १५ महिना लामो युद्ध अन्त्य गरेर युद्धविराम गर्ने सम्झौता भएको थियो । त्यही सम्झौताअनुसार १९ जनवरीबाट युद्धविराम कार्यान्वयनमा गएको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया