रामहरि खतिवडालाई समय सकिएपछि पनि बोल्न दिएपछि संसद अवरोध
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई आकस्मिक र शून्य समय सकिएपछि पनि बोल्न दिएपछि प्रतिपक्षले विरोध गरेको छ ।
प्रतिपक्ष माओवादी केन्द्र र रास्वपाले खतिवडालाई कुन प्रक्रिया अनुसार बोल्न दिइयो भनेर प्रश्न गरेपछि बैठक अवरुद्ध भयो । सांसदहरुले बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
यसबारे स्पष्टिकरण दिँदै सभामुख घिमिरेले यस्तो अवस्थामा के गर्नुपर्छ भन्ने विषयमा अध्ययन गर्न सचिवालयलाई आदेश दिइसकेको बताए । सचिवालयले धारणा दिइसकेपछि अगाडि बढ्न सकिने आश्वासन दिएपनि प्रतिपक्षले विरोध गरेपछि बैठक स्थगित भएको हो ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया