NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३१ गते

पशु कल्याण विधेयकको मस्यौदामाथि सरोकारवालाहरुसँग छलफल

काठमाडौं । पशु कल्याणकारी संस्था स्नेहाज केयरको आयोजना र नेपाल फार्मर्स एडभाईजरी काउन्सिलको सहआयोजनामा आज पशु कल्याण विधेयकको मस्यौदामाथि छलफल कार्यक्रम सम्पन्न भएको छ ।

बबरमहलस्थित बसेरा बुटिक होटलमा भएको उक्त कार्यक्रमा संघीय संसद सचिवालय अन्र्तगत कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिका पदाधिकारिहरुको पनि उपस्थिती रह्यो । उक्त कार्यक्रममा कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिका १२ जना सांसदहरु, कानुन व्यवसायिहरु, पशु अधिकारकर्मीहरु तथा संघीय संसद सचिवालयका कर्मचारिहरुको उपस्थिति थियो ।

कार्यक्रमको अध्यक्षता नेपाल सरकारका पूर्व सचिव एवम् नेपाल फार्मर्स एडभाईजरी काउन्सिलका अध्यक्ष डा. योगेन्द्र कार्कीले गरेका थिए ।

कार्यक्रममा स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठले पशु कल्याण ऐनको आवश्यकता र प्रस्तावित मस्यौदाका प्रावधानहरुका सम्बन्धमा प्रस्तुतिकरण दिइन् । त्यसक्रममा उनले पशु कल्याण अभियन्ताहरुको लागि यो ऐन बहुप्रतिक्षित दस्तावेज भएकोले यसलाई चाँडो पारित गरि कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइन् । नेपालमा पशु कल्याणको अवस्था, पशु कल्याण ऐनको आवश्यकता र महत्व तथा उक्त प्रस्तावित मस्यौदामा रहेका प्रावधानहरुका सम्बन्धमा जानकारी गराउने उद्देश्यले कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिका पदाधिकारिहरुसँग आज यसबारे छलफल गरिएको हो ।

छलफलमा पूर्वमन्त्री एवम् कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिका सदस्य भानुभक्त जोशीले नयाँ ऐन सँगै पूराना ऐन, नियम र निर्देशिकाहरुको समेत व्यवस्थापन गर्नुपर्ने बताए ।

अवैध पशुहरुको व्यवस्थापन गर्ने शिलसिलामा जिउँदै जलाउने वा गाड्ने जस्ता अमानवीय गतिविधिहरुलाई निरुत्साहन गर्नुपर्ने, पशुबलीका सम्बन्धमा सबै पक्षको आत्मसम्मान हुनेगरि सन्तुलित कानुन निर्माण गर्नुपर्ने, पशु ढुवानीलाई व्यवस्थित गर्न र पशु बधलाई समेत पशु कल्याणमैत्री बनाउन ऐनले सहयोग गर्नुपर्ने उनको जोड थियो ।

समिति सदस्य बिजुला रायमाझिले पशु कल्याणको विषय निकै महत्वपूर्ण रहेकोले सबै प्राणीाहरुको बाँच्ने अधिकारलाई सुनिश्चित गर्नेगरि समितिमा दफादार छलफल गरिने र त्यसमा आफूले भरपूर प्रयत्न गर्ने बताए ।

अर्का सदस्य सरस्वती सुब्बाले समितिमा विधेयकको मस्यौदा आईनसकेको अवस्थामा यो छलफल कार्यक्रम आयोजना भएकोले धेरै जानकारी प्राप्त भएको र समितिमा यसमा आवश्यक परिमार्जन गरि उन्नत दस्तावेज बनाउन आवश्यक पहल गर्ने बताऐ ।

नेकपा माओबादी (केन्द्र) संसदीय दलका सचेतक रुपा सो.शीं चौधरिले पशु कल्याण विधेयकको मस्यौदामाथी यसरी खुला छलफल गर्न पाउँदा धेरै खुसी भएको बताइन् । यो ऐन सन्तुलित रुपमा आउने र कार्यान्वयनमा जाने उनको विश्वास छ ।

विश्वका विभिन्न देशहरुमा पशु कल्याण सम्बन्धि कानुन धेरै पहिले नै निर्माण भई लागु भईसकेकोमा नेपालमा भने अझै कानुन बन्न सकिरहेको छैन । छिमेकी देश भारतले समेत सन् १९६० मा पशु कल्याण ऐन निर्माण गरेको र सन् १९६२ मा पशु कल्याण वोर्ड नै स्थापना गरि पशु कल्याण सम्बन्धि कार्यहरु गरिरहेको छ ।

नेपालमा पनि जनावरहरुप्रति हुने निर्दयी व्यवहारलाई रोक्न र पशु कल्याण प्रवद्र्धनका लागि कानुनि आधार सृजना गर्न छुट्टै पशु कल्याकण ऐनको आवश्यकता महसुस धेरै अघि भएको हो । त्यसलाई सम्बोधन गर्न नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७८/०८/०२ मा मस्यौदा निर्माणका लागि सैद्धान्तिक सहमति प्राप्त भई उक्त ऐनको मस्यौदा विधेययको रुपमा छलफलमै छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष