पहिरोले हुम्लाको खच्चा सडक अवरुद्ध
सिमकोट । सुक्खा पहिरोका कारण जिल्लाको दक्षिण भेग सर्केगाड गाउँपालिका–१ अन्तर्गतको कर्णाली करिडोरको खच्चा सडक चार दिनदेखि अवरुद्ध भएको छ ।
सर्केगाड गाउँपालिका–१, तुम्चगाउँका रतन रावतका अनुसार गत आइतबार बिहानदेखि सुक्खा पहिरो खसेर अवरुद्ध भएको उक्त सडक अझै सञ्चालन भएको छैन ।
सडक अवरुद्ध भएपछि स्थानीय पैदल यात्रा गर्न बाध्य भएका छन् ।
यसैबीच, बालकुनास्थित अस्थायी प्रहरी पोष्टका प्रहरी हवल्दार राजबहादुर विष्टले पहिरो पन्छाएर बाटो खोल्ने अथक प्रयास भइरहेको टेलिफोनमबाट बताए ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया