हमासले बन्धक रिहा नगरे फेरि लडाइँ सुरु गर्छौं : इजरायल
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धविराम सम्झौताअनुसार हमासले बन्धक रिहा नगरे पुनः आक्रमण थाल्ने चेतावनी दिएका छन् ।
इजरायलबाट युद्धविराम सम्झौता उल्लंघन भएको आरोपसहित हमासले बन्धक रिहा स्थगित गर्ने घोषणा गरिरहेका बेला इजरायलले त्यसको प्रतिउत्तरमा पुनः आक्रमण आक्रमण थाल्ने धम्की दिएको हो ।
‘यदि हमासले शनिबार दिउँसोसम्म हाम्रा बन्धकहरूलाई रिहा गरेन भने हामी गाजामा युद्धविराम समाप्त गर्नेछौं र फेरि लडाइँ सुरु गर्नेछौं,’ नेतान्याहुले भनेका छन् ।
नेतान्याहूले आफ्ना सेनालाई गाजा र त्यस वरपर भेला हुन निर्देशन दिइसकेको पनि जानकारी दिए ।
नेतान्याहूले शनिबारसम्म बाँकी रहेका सबै ७६ जना बन्धकहरूकै रिहाइ माग गरेका हुन् कि तीन जनाको मात्र भन्ने स्पष्ट पारेका छैनन् । एक मन्त्रीले भने सबै बन्धकको रिहाइ गर्न प्रधानमन्त्री नेतान्याहुले माग गरेको जनाएका छन् ।
१५ महिना लामो युद्ध अन्त्य गर्दै हमास र इजरायलबीच भएको युद्धविराम सम्झौता यसको कार्यान्वयनलाई लिएर पेचिलो बनेको छ । विश्वका विभिन्न मुलुकका नेताले यसमा चासो र चिन्ता व्यक्त गर्दै प्रतिक्रिया जनाइरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्धक बनाएका सबै नागरिकहरूलाई रिहा नगरे इजरायलले युद्धविराम रद्द गर्नुपर्ने बताएका छन् ।
हमास र इजरायलबीचको युद्धविराम सम्झौता जनवरी १९ मा लागू भएको थियो। हमासले त्यसयता १६ इजरायली र पाँच थाई बन्धकहरूलाई रिहा गरिसकेको छ। बदलामा, इजरायलले ५६६ प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया