पोखरामा भएको विष्फोटबारे छानविन गर्न गृहले बनायो समिति

काठमाडौं । गृह मन्त्रालयले पोखरामा शनिबार भएको बेलुन बिष्फोट प्रकरणबारे छानविन गर्न आठ सदस्यीय समिति बनाएको छ ।
गृहमन्त्री रमेश लेखको निर्देशनमा बनेको समितिले १५ दिनमा प्रतिवेदन पेश गर्नुपर्नेछ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा गठन गरिएको उक्त समितिले आजैबाट काम थालिसकेको छ । समितिमा चारवटै सुरक्षा निकायका जिल्ला प्रमुख, विष्फोटक पदार्थबारे जानकार छन् ।
शनिबार पोखरा भ्रमण वर्षको उद्घाटन समारोहमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य आगलागीका कारण घाइते भएका थिए । प्रज्ज्वलनशील रसायन भरिएको बेलुनमा आगलागी भएपछि घाइते भएका दुवैको काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया