शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय

काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा नटुंगिएका विषयमा सहमति जुटाउन पाँच दिनको समय सीमा दिएको छ । आज (आइतबार) समितिबाट विधेयक टुंगो लगाउने तयारी भए पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बैठक स्थगित गर्न माग गरेपछि केहि समय छलफल भएको छ । बैठकमा समितिका बहुमत सदस्यले आइतबार नै विधेयक पारित गर्नुपर्ने माग राखे पनि शिक्षामन्त्री पन्तले सहमति नजुटेका विषय सहमति जुटाउनका लागि समय मागेका थिए ।
समितिका सभापति अम्मरबहादुर थापाले आगामी ५ दिन भित्र सरकारले विधेयकमा नटुंगिका विषय टुग्याएर सहमति जुटाएर आउन निर्देशन दिएका हुन् । शिक्षामन्त्री पन्तले भने जतिसक्दो चाडैँ समिति सभापतिलाई सहमति जुटेपछि बैठकको मिति जानकारी गराउने बताएका छन् । ‘पाँच दिनभित्र सहमति गरेर आउन । त्यसअघि मलाई बैठक बोलाउन एक दिनको समय चाहिन्छ,’ समिति सभापति थापाले भने । यसअघि असार १६ गते पनि शिक्षामन्त्रीकै आग्रहमा समितिको बैठक स्थगित गरिएको थियो । फेरि शिक्षक महासंघसँग वार्ता जारी रहेको भन्दै मन्त्री पन्तले समय माग गरेका हुन्। विद्यालय शिक्षा विधेयकका केही विषयमा सहमति जुट्न नसक्दा अन्तिम समयमा समितिबाट पास हुन सकेको छैन ।
ताजा अपडेट
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
प्रतिक्रिया