NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

स्वर्गद्वारीघाटमा प्रकृति दाहालको अन्त्यष्टि, हजुरबुवाले दिए दागबत्ती

काठमाडौं । भारतीय विद्यार्थीको उत्पीडन र भारतको ओडिसास्थित कलिंगा इन्ष्टिच्युट अफ इण्डष्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयको बेवास्तापछि शंकास्पद ढंगले मृत फेला परेकी प्रकृति लम्सालको अन्त्यष्टि गरिएको छ ।

गृह जिल्ला रूपन्देहीको स्वर्गद्वारीघाटमा उनको बिहीबार बिहान उनको अन्त्यष्टि गरिएको हो । अन्त्यष्टिमा प्रकृतिका कलेजका साथीहरूसँगै रूपन्देही सिद्धार्थ नगरक्षेत्रका स्थानीयको उल्लेख्य  उपस्थिति थियो ।

जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले बुधबार राति प्रकृतिको शव भारतबाट रूपन्देही आइपुगेकोमा बिहीबार बिहान ४ बजे अन्त्येष्टि गरिएको जनाएको छ ।

प्रकृतिको शव ओडिसाबाट गोरखपुरसम्म हवाईजहाज र त्यहाँबाट गाडी हुँदै रूपन्देही ल्याइएको थियो । करिब ११ बजे आइपुगेको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि उनको निवास सिद्धार्थनगर–८ मा लगिएको थियो । त्यपछि शवयात्रा निकालेर प्रकृतिको शवलाई स्वर्गद्वारी घाटमा लगिएको थियो ।

प्रकृतिलाई उनका ७६ वर्षीय हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिए ।

ओडिसाको राजधानी भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा बी–टेक अध्ययनरत प्रकृतिलाई सोही कलेजमा अध्ययनरत भारतका विद्यार्थी अड्विक श्रीवास्तवले मानसिक यातना दिँदै आएका थिए । यससम्बन्धमा कजेल प्रशासनमा उजुरी गरे पनि उसले कुनै सुनुवाइ नै नगरी बेवास्ता गरेको थियो । त्यसपछि गत आइतबार प्रकृति होस्टलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष