NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ चैत २९ गते

नेपाल-चीन सम्बन्ध थप मजबुद बनाउन भेटवार्ता, के-के भयो सहमति ? 

ल्हासा । नेपाल र चीनबीचको ऐतिहासिक र बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउन तथा गुणस्तर प्रमाणिकरण सम्बन्धी द्विपक्षीय सम्झौताहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न तिब्बतका लागि नेपालका वाणिज्यदूत लक्ष्मी निरौला र सीचुवान बजार नियमन प्रशासन (Xizang Administration of Market Regulations) का उपमहानिर्देशक लिउ जियानवेई (Liu Jianwei) बीच भेटवार्ता भएको छ ।

मङ्गलबार नेपाल महावाणिज्य दूतावास, ल्हासामा भएकाे भेटवार्ताान  चीनबाट नेपालमा आयात गरिने तथा नेपालबाट चीनमा निर्यात गरिने उत्पादनहरूको प्रमाणिकरण प्रक्रिया सहज, छिटो र पारदर्शी बनाउने सहमति भएको छ । त्यस्तै, वार्तामा  नेपाल-चीन व्यापारलाई थप प्रवर्द्धन गर्न प्रमुख सीमावर्ती नाकाबाट हुने व्यापारका लागि नयाँ प्रक्रियाहरू लागू गर्नेसमेत सहमति भएकाे छ । दूतावासमा सम्पन्न उच्चस्तरीय छलफलका क्रममा नेपाल र चीनबीचको व्यापार तथा गुणस्तर प्रमाणीकरण सम्बन्धी द्विपक्षीय सम्झौताहरूको वर्तमान कार्यान्वयन अवस्थाबारे समेत समीक्षा गरिएकाे थियाे ।

भविष्यमा नेपाल ब्यूरो अफ स्ट्याण्डर्ड्स एण्ड मेट्रोलोजी NBSM) र Xizang Administration of Market Regulations बीच थप सहकार्य गर्ने प्रतिबद्धता वार्तामा व्यक्त गरिएको छ।  चीनबाट नेपालमा आउने उत्पादनहरूको गुणस्तर सुनिश्चित गर्दै नेपालमा स्थानीय उत्पादनहरूको निर्यात बढाउन यस्ता उच्चस्तरीय छलफलहरू नेपाल-चीन व्यापारिक सम्बन्धमा कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ।

नेपालबाट चीनमा निर्यात हुने कृषिजन्य उत्पादन, हस्तकला, तथा अन्य वस्तुहरूका लागि चिनियाँ गुणस्तर मापदण्ड चाइनिज क्वालिटी स्टयाण्डर अनुरूप प्रमाणीकरण आवश्यक पर्दछ। यस्तै, चीनबाट नेपालमा आयात गरिने सामग्रीहरूको गुणस्तर नेपाल सरकारको नेपाल ब्यूरो अफ स्ट्याण्डर्ड्स एण्ड मेट्रोलोजी (NBSM)बाट प्रमाणीकरण गरिन्छ। हालसम्म गुणस्तर प्रमाणिकरण तथा द्विपक्षीय व्यापारिक सहजीकरणलाई सरल र प्रभावकारी बनाउन नेपाल र चीनबीच विभिन्न सम्झौताहरू भइसकेका छन्।

यस्ता छन् वार्तामा सहमति भएका प्रमुख बुँदाहरु :

१) गुणस्तर प्रमाणिकरण प्रक्रियालाई पारदर्शी बनाउने : चीनबाट नेपालमा आयात गरिने तथा नेपालबाट चीनमा निर्यात गरिने उत्पादनहरूको प्रमाणिकरण प्रक्रिया सहज, छिटो र पारदर्शी बनाउन दुवै निकाय सहमत ।

२) नयाँ प्रविधि र डिजिटल प्रणालीको प्रयोग : गुणस्तर प्रमाणिकरणलाई द्रुत तथा भरपर्दो बनाउन डिजिटल प्रविधि, क्युआरकोड प्रमाणीकरण, र अनलाइन ट्र्याकिङ प्रणाली लागू गर्ने सम्भावना बारे छलफल ।

३) सीमावर्ती व्यापार सहजता : नेपाल-चीन व्यापारलाई थप प्रवर्द्धन गर्न प्रमुख सीमावर्ती नाका जस्तै रसुवागढी-केरुङ, तातोपानी-झाङ्मु, तथा हुम्ला-पुराङ नाकाबाट हुने व्यापारका लागि नयाँ प्रक्रियाहरू लागू गर्ने सहमति।

४) संयुक्त निरीक्षण प्रणाली : गुणस्तर प्रमाणिकरण तथा निरीक्षणलाई थप प्रभावकारी बनाउन दुवै देशका सम्बन्धित निकायहरूले संयुक्त निरीक्षण टोली गठन गर्ने विषयमा छलफल ।

५) नेपाल ब्यूरो अफ स्ट्याण्डर्ड्स एण्ड मेट्रोलोजी (NBSM) र Xizang Administration of Market Regulations बीचको सहकार्यलाई थप बलियो बनाउने विषयमा सहमति ।

उक्त  भेटवार्ताले नेपाल-चीन गुणस्तर नियमन तथा पारस्परिक प्रमाणिकरण प्रक्रियामा नयाँ युगको सुरुवात गर्ने विश्वास दुवै निकायले व्यक्त गरेका छन्। नेपाल र चीनबीचको  हजारौं वर्ष पुरानो सम्बन्ध छ। ऐतिहासिक रूपमा व्यापार, सांस्कृतिक आदानप्रदान र कूटनीतिक सम्बन्धको प्राचीन सिल्क रोड बाट थालनी भएको थियो। चीनसँगको व्यापारिक सम्बन्धलाई व्यवस्थित बनाउन १९६१ मा नेपाल-चीन व्यापार तथा पारवहन सम्झौता भएको थियो, जसले सीमापार व्यापारको औपचारिक बाटो खोलेकाे थियाे। त्यसयता, दुवै देशले कस्टम, व्यापार नियमन, गुणस्तर नियन्त्रण, र पारस्परिक प्रमाणिकरणको सहकार्यलाई प्रवर्द्धन गर्दै आइरहेकाे छ ।

ताजा अपडेट

नेपालवाच विशेष