माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : प्रचण्ड
बेलबारी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्र जनताको बलले स्थापित भएको बताएका छन् । पछिल्लो समय आफ्नो पार्टीको पक्षमा जनमत बढ्दै गएको उनले उल्लेख गरे।
‘जनतासँग माओवादी तराई मधेस जागरण अभियान’अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित खबरदारीसभा तथा दोस्रो गाउँ सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय माओवादी केनद्रको ‘एजेन्डा’ प्रति जनताको आकर्षण बढेको बताए । स्थानीय तहको उपनिर्वाचनसम्म आउँदा यो कुराको व्यावहारिक रुपमै पुष्टि भएको उनको भनाइ थियो ।
जनताको एकताबद्ध प्रयासबाट आफूहरु अगाडि बढ्ने अध्यक्ष दाहालले बताए । आगामी चुनावमा गठबन्धन राजनीतिको भूल नदोहो-याउने उनको भनाइ थियो ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया