NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २५ गते

सल्यानमा राष्ट्रिय विद्युत् प्रसारण लाइन पु-याउन माग 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद अनिशा नेपालीले सल्यानमा राष्ट्रिय विद्युत् प्रसारण लाइन पु-याउन माग गरेकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसद नेपालीले अझै पनि सल्यानमा टुकी र दियालो बाल्नुपर्ने अवस्था रहेको बताइन् । “नेपाल आज पूरै ‘लोडसेडिङमुक्त’ छ भनेर भन्दै गर्दा सल्यान बत्तीमुनिको अँध्यारो भएको छ । सल्यानका अधिकांश बस्तीमा आज पनि राष्ट्रिय विद्युत् प्रसारण लाइन पुग्न सकेको छैन ।” उनले भनिन् ।

सांसद नेपालीले राप्ती राजमार्गको स्तरोन्नति नहुँदा जनता ज्यानको बाजी राखेर कष्टपूर्ण यात्रा गर्न बाध्य रहेको बताउँदै  राजनीतिक प्रतिशोधमा सल्यानलाई अलपत्र पारेको गुनासो गर्दै राप्ती राजमार्गको स्तरोन्नति गरेर कालोपत्र गर्न सरकारसँग माग गरिन् ।

सल्यानको कपुरकोटमा किसानले वार्षिक करोडौँ रुपैयाँको हरियो तरकारी उत्पादन गरे पनि हालसम्म उक्त गाउँपालिकामा विषादी परीक्षण गर्ने ‘क्वारेन्टाइन’ मेशिन नभएको सांसद नेपालीले बताइन् । “मेसिनका लागि प्रदेश र सङ्घीय सरकारसँग अनुरोध गरिएको तर उपलब्ध भएको छैन । जनताले विषादीमुक्त तरकारी खान पाउनुपर्छ,” उनले भनिन् ।

ताजा अपडेट

नेपालवाच विशेष