साढे तीन किलो सुनसहित विमानस्थलबाट चार जना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट तीन किलो ४७५ ग्राम सुनसहित चार विदेशी नागरिक पक्राउ परेका छन् ।
गएराति फ्लाई दुवईको उडानमार्फत त्रिभुवन विमानस्थल उत्रिएका उज्वेकिस्तानका चार नागरिकलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा तीन महिला र एक पुरुष छन् ।
पक्राउ पर्नेमा अख्माद जानोभना दिलफुजा मारिफअलिभ, इजराइलोभना साओदत फेजिभा, गुलाम्दजानोभन उमिद अख्मेदोभ र सरदोर त्रुसअनोभ छन् ।
मलद्वारमा लुकाएर सुन ल्याएको अवस्थामा पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको नेपाल प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया