काठमाडौं विश्वकै प्रदूषित सहर
काठमाडौं । काठमाडौं विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा परेको छ । विश्वभरको वायुको गुणस्तर मापन गर्दै आइरहेको आईक्युएअर वेबसाइटको पहिलो नम्बरमा काठमाडौं सहर परेको हो ।
आइक्युएअरका अनुसार, काठमाडौंको प्रदूषणको मात्रा २१४ एक्युआई छ । जुन विश्वका अन्य सहरहरूको भन्दा बढी हो ।
प्रदूषणको मात्रा २०० एक्युआईभन्दा माथि हुनुलाई बसोबासका लागि अयोग्य र अस्वस्थकर मानिन्छ ।
त्यसैगरी, प्रदूषित सहरको दोस्रो नम्बरमा भियतनामको हानोई, तेस्रो नम्बरमा पाकिस्तानको लाहोर, चौथोमा बंगलादेशको ढाका र पाँचौंमा सेनेगलको डकार छन् । चीनको सांघाई छैटौं प्रदूषित सहरको सूचीमा छ । भारतका दुई ठूला सहर कोलकता र मुम्बई क्रमशः सातौं र आठौं नम्बरमा छन् । चीनको राजधानी बेइजिङ नवौं नम्बरमा पर्दा अफगानिस्तानको काबुल १०औं नम्बरमा छ ।
प्रदूषित सहरको सूचीमा परे पनि यी सबैको एक्युआई २०० भन्दा मुनि छ ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी



प्रतिक्रिया