काठमाडौं विश्वकै प्रदूषित सहर
काठमाडौं । काठमाडौं विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा परेको छ । विश्वभरको वायुको गुणस्तर मापन गर्दै आइरहेको आईक्युएअर वेबसाइटको पहिलो नम्बरमा काठमाडौं सहर परेको हो ।
आइक्युएअरका अनुसार, काठमाडौंको प्रदूषणको मात्रा २१४ एक्युआई छ । जुन विश्वका अन्य सहरहरूको भन्दा बढी हो ।
प्रदूषणको मात्रा २०० एक्युआईभन्दा माथि हुनुलाई बसोबासका लागि अयोग्य र अस्वस्थकर मानिन्छ ।
त्यसैगरी, प्रदूषित सहरको दोस्रो नम्बरमा भियतनामको हानोई, तेस्रो नम्बरमा पाकिस्तानको लाहोर, चौथोमा बंगलादेशको ढाका र पाँचौंमा सेनेगलको डकार छन् । चीनको सांघाई छैटौं प्रदूषित सहरको सूचीमा छ । भारतका दुई ठूला सहर कोलकता र मुम्बई क्रमशः सातौं र आठौं नम्बरमा छन् । चीनको राजधानी बेइजिङ नवौं नम्बरमा पर्दा अफगानिस्तानको काबुल १०औं नम्बरमा छ ।
प्रदूषित सहरको सूचीमा परे पनि यी सबैको एक्युआई २०० भन्दा मुनि छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो



प्रतिक्रिया