अमेरिकामा अपमानित जेलेन्स्कीलाई बेलायतमा न्यानो स्वागत, २.२६ अर्ब सैन्य सहायता
काठमाडौं । अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिबाट अपमानित भएका युद्धग्रस्त मुलुक युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई बेलायतले न्यानो स्वागत गरेको छ ।
ह्वाइट हाउसबाट बाहिरिएलगत्तै बेलायत पुगेका जेलेन्स्कीलाई बेलायती प्रधानमन्त्री कियर स्टार्मरले सहानुभूति दर्शाउँदै न्यायो स्वागत गरेका हुन् ।
बेलायती प्रधानमन्त्री स्टार्मरले जेलेन्स्कीलाई ढाडस दिँदै आफूहरू साथमा रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
‘युक्रेनलाई युनाइटेड किङडमभरिबाट पूर्ण साथ रहेको छ,’ स्टार्मरको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । जवाफमा जेलेन्स्कीले युक्रेनसँग यस्ता असल मित्र पनि रहेको उल्लेख गर्दै यसबाट आफूहरू खुसी बनेको बताएका थिए ।
भेटवार्तापछि दुई देशबीच सैन्य सहायता सम्बन्धी सम्झौतामा हस्ताक्षरसमेत भएको छ । युक्रेनलाई २.६ अर्ब सैन्य सहायता उपलब्ध गराउने सम्झौतामा दुई देशबीच सम्झौता भएको हो ।
रुसले युक्रेनमाथि आक्रमण थालेपछि बेलायतले रुसी सम्पत्ति रोक्का गरेको थियो । सम्झौतामा उल्लेख गरिएको सहयोग बेलायतले सोही रकमबाट उपलब्ध गराउने छ ।
यसअघि जेलेन्स्की खनिज सम्झौतामा हस्ताक्षर गर्ने मनस्थिति बनाएर अमेरिका गएका थिए । तर अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिले उनीविरुद्ध अपमानजनक व्यवहार गरेपछि उनी त्यहाँबाट पूर्वनिर्धारित कार्यक्रमअनुसारको सम्झौता नै नगरी बेलायत पुगेका थिए । पाहुनालाई बोलाएर अपमानित गरिएको भन्दै विश्वभर ट्रम्प प्रशासनले अवलम्बन गरेको कूटनीतिको आलोचना भइरहेको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया