बैतडीमा गोली हानेर युवकको हत्या

काठमाडौं । बैतडी गोली प्रहार गरेर एक युवकको हत्या गरिएको छ । दोगडाकेदार गाउँपालिका–८ का २५ वर्षीय सुरेन्द्र बिष्टको शनिबार साँझ गोली प्रहार गरी हत्या गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार, गोली प्रहारबाट घाइते बिष्टलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । त्यही उपचारका क्रममा उनको मृत्यु भएको हो ।
बिष्टलाई आर्थिक लेनदेनको विवादमा नाताले दाजु सोही स्थानका ४५ वर्षीय कर्ण बिष्टले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । बिष्ट अहिले फरार रहेको र उनको खोजी कार्य चलिरहेको प्रहरीले बताएको छ ।
ताजा अपडेट
-
कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री राणा
-
गाउँपालिकाका कर्मचारी सवार गाडी दुर्घटना, ११ जना घाइते
-
एमालेले सात कम्युनिस्ट योद्धालाई सम्मान गर्ने
-
अर्थतन्त्र सुधार गरेर गणतन्त्रलाई सुदृढ पार्नुपर्छ : राष्ट्रपति पौडेल
-
नयाँ वर्षमा प्रधानमन्त्रीको सन्देश– निराशा फैलाउनेलाई परास्त गर्दै अघि बढौं
प्रतिक्रिया