बैतडीमा गोली हानेर युवकको हत्या
काठमाडौं । बैतडी गोली प्रहार गरेर एक युवकको हत्या गरिएको छ । दोगडाकेदार गाउँपालिका–८ का २५ वर्षीय सुरेन्द्र बिष्टको शनिबार साँझ गोली प्रहार गरी हत्या गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार, गोली प्रहारबाट घाइते बिष्टलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । त्यही उपचारका क्रममा उनको मृत्यु भएको हो ।
बिष्टलाई आर्थिक लेनदेनको विवादमा नाताले दाजु सोही स्थानका ४५ वर्षीय कर्ण बिष्टले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । बिष्ट अहिले फरार रहेको र उनको खोजी कार्य चलिरहेको प्रहरीले बताएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया