जसपाको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।
ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजेदेखि बैठक सुरु हुने सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
बैठकमा गत भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘‘नतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभिायान’ को समीक्षा हुनेछ । त्यस्तै, पालिका समिति गठन, पुनर्गठनको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ–आफ्नो कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्यप्रगति विवरण प्रस्तुत गर्ने कार्यसूची पनि तय छ ।
तीन दिनसम्म चल्ने बैठक वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डाहरूमा केन्द्रित हुने बस्नेतले जानकारी दिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया