‘राजनीतिक स्थायित्वका लागि गठबन्धनको सरकार बनेको हो’

कर्णाली । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएको बताएका छन् ।
प्रेस युनियन सुर्खेतद्वारा आज सुर्खेत विमानस्थलमा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा उनले मुलुकको विकास र जनताको चाहना अनुसार दुई ठूला दलबीचको गठबन्धनको सरकार बनेको बताए। उनका अनुसार अहिले देखिएका समस्या समाधान गर्दै जनताका चाहना र अपेक्षा पूरा गर्ने उद्देश्यसहित यो सरकार अगाडि बढिरहेको छ ।
उपप्रधानमन्त्री सिंहले भने “विसं २०७२ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी गरिसकेपछि स्थानीय, प्रदेश र सङ्घको सबै निर्वाचन सम्पन्न भयो । यद्यपि राजनीतिक स्थायित्व हुन नसक्दा विकासका अपेक्षित काम उल्लेख्य गतिमा हुन सकेनन् । परिणामतः मुलुकका दुई ठूला दलबीचको गठबन्धनको सरकार बन्यो ।”
मन्त्री सिंहले मन्त्रालयगत कार्यसम्पादनको मूल्याङकन भइरहेको भन्दै लक्ष्य अनुसार काम गर्न सरकार निरन्तर अगाडि बढेको जनाए । अध्यादेश बलमिचाईबाट नआएको भन्दै संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउन ल्याइएको उनले जिकिर गरे । आर्थिक अनुशासन कायम गर्ने उद्देश्यले वर्तमान सरकारले काम गरिरहेको उनको भनाइ छ ।
ताजा अपडेट
-
हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न ट्रम्प प्रशासनको रोक
-
मेटल ब्यान्डका पूर्व ड्रमर ड्यानियलको विमान दुर्घटनामा मृत्यु भएको आशंका
-
कालीमाटीमा आज कति छ तरकारी र फलफूलको भाउ ?
-
खानेपानी अभावले बासस्थान छाड्दै गाउँले
-
चितवनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
प्रतिक्रिया