NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

केयुकेएलले रातारात गर्यो थापाथलीमा फुटेको पाइप मर्मत

काठमाडौं । थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्राविधिक टोलीले बुधबार बिहान ४ बजे फुटेको पाइपलाइन मर्मत गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिए ।

मंगलबार बिहान थापाथली चोकबाट नर्भिक अस्पतालको सडकको बीच भागमा पाइप फुटेर सडक भत्किनुका साथै आसपासका क्षेत्र जलमग्न भएको थियो । केयुकेएलले तत्काल पानीको लाइन बन्द गरेकाले केहीवेरमै अवस्था सामान्य बनेको थियो ।