प्रधानमन्त्रीलाई प्रश्न सोध्ने २ पत्रकारको संसद पास निलम्बन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न सोध्ने २ पत्रकारको संसद पास निलम्बन गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् परिसरभित्र गलत शब्द प्रयोग गरेर प्रश्न गरेको भन्दै संसद् सचिवालयले दुई पत्रकारको पास निलम्बन गरेको हो ।
संसद् पास निलम्बन गरिएका पत्रकारहरूमा किशोरकुमार श्रेष्ठ र प्रकाश वली छन् ।
संसद् सचिवालयले एक महिनाका लागि पत्रकारद्वय श्रेष्ठ र वलीको प्रवेश पास निलम्बन गरिएको जनाएको छ । संघीय संसद् सचिवालयले संसदीय रिपोर्टिङ गर्ने पत्रकारलाई पास उपलब्ध गराउँदै आएको छ ।
यी पत्रकारले केही दिनअघि संघीय संसद् परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई तपाईं नेतृत्वको सरकार निरंकुश बनेको हो लगायत प्रश्न गरेको थियो ।
ताजा अपडेट
-
फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्प, तटीय क्षेत्रमा सुनामीको चेतावनी
-
देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा बहाव रहने
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
कति पुग्यो अमेरिकी डलरको मूल्य ?
-
सभामुख डीपी अर्यालले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक


प्रतिक्रिया