NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा र खनाल भ्रष्टाचारी ठहर

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) भ्रष्टाचार मुद्दामा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाल दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रीतेन्द्र थापा र विदुर कोइरालाको संयुक्त इजलासले बिहीबार झा र खनाललाई भ्रष्टाचारी ठहर गरेको हो ।

एमडीएमएस भ्रष्टाचार आरोपमा १४ जना मुछिएका थिए । विशेषले झा र खनाललाई दोषी ठहर गर्दै बाँकीलाई भने सफाइ दिएको छ ।

विशेष अदालतका अनुसार, दोषी ठहर भएका झा र खनाललाई समान एक वर्ष एक महिना कैद सजाय र पाँच करोड ८० लाख जरिवाना तोकिएको छ ।

अदालतको संक्षिप्त फैसलामा झाले परियोजना लागू गर्न गुरुयोजना तयार नगरी खरिद प्रक्रिया अघि बढाएको, बदनियमतपूर्वक न्युमेरा जेभीमा आबद्ध अन्य कम्पनीको आर्थिक कारोबारको अयोग्यतालाई अनदेखा गरी योग्य ठह¥याएको र एक्स्प्रेसन अफ इन्ट्रेस्ट (इओआई) स्वीकृत गरेको देखिएको उल्लेख छ ।

त्यस्तै, खनालले इओआई स्वीकृत गर्दा पहिलेको खरिद प्रक्रिया र सम्बद्ध जेभीको योग्यतालाई इन्कार गरी खरिद प्रक्रिया फेरि सुरु गर्न सक्ने हुँदाहुँदै नन रेस्पन्सिभ ठहर गर्नुपर्ने कम्पनीसँग वार्ता गरी ठेक्का गरेर नोक्सानी पु–याएको अदालतको ठहर छ ।

विशेषले मलेसियाको न्युमेरा कम्पनी र ग्रुप चेयरमेन मोहद नूर अमिन बिनी मोहन नूर खानलाई पनि यस मुद्दामा मतियार ठहर गरेको छ ।

भन्सार छलेर ल्याइएका मोबाइल सेट निष्क्रिय पार्न नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको ९१ करोड ९८ लाख रूपैयाँको उपकरणमा भ्रष्टाचार भएको जिकिर गर्दै विशेष अदालतमा ०८० पुसमा मुद्दा दायर गरेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष