ऊर्जा मन्त्रीसँग आगामी चुनाव लड्न कुलमानलाई महावीरको सुझाव
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख डा. महावीर पुनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा मन्त्री दीपक खड्कासँग आगामी निर्वाचन लड्न सुझाव दिएका छन् ।
ऊर्जा मन्त्री खड्काले अनावश्यक दुःख दिएको उल्लेख गर्दै उनले कुलमानलाई आगामी निर्वाचन लडेर बदला लिन सुझाएका हुन् ।
‘आफूलाई दुःख दिने मन्त्रीकै क्षेत्रबाट अब आउने संघीय चुनावमा लडेर गुल्ट्याइ दिने आँट गर्न कुलमान घिसिङलाई सुझाव दिन्छु,’ पुनले सामाजिक सञ्जालमा लेखेका छन् ।
कार्यसम्पादन मूल्यांकनमा कुलमानलाई शून्य अंक दिने सचिव र सहसचिवमाथि पनि पुनले अाक्राेश पाेखेका छन् । ती कर्मचारीलाई विवेकहीनको संज्ञा दिँदै पुनले उनीहरूचाहिँ शून्य अंकका हकदार भएकाे बताए । त्यस्ता कर्मचारीप्रति सचेत हुन आग्रह गर्दै उनले तिनले नेतालाई पंगु बनाएर देश नै डुबाउने आरोप लगाए ।
‘कुलमान घिसीङलाई ० नम्बर दिने सचिव र सहसचिवको टोलीलाई मैले –९९ नम्बर दिन्छु। त्यस्ता विवेकहीन कर्मचारीले देश डुवाउँछन् र नेताहरूलाई पंगु बनाउँछन्,’ पुनको ठम्याइ छ ।
कुशल व्यवस्थापकीय क्षमता प्रदर्शित गरेर नेपाललाई लोडसेडिङमुक्त पार्नुका साथै घाटा गएको नेपाल विद्युत् प्राधिकरणलाई केही समयदेखि सरकारले हटाउने तयारी गरिरहेको छ । त्यसकै लागि सरकारले उनको कार्यसम्पादनमा शून्य अंक दिएको छ भने पटक पटक विभिन्न आरोप लगाएर स्पष्टीकरण सोधेको छ । बिहीबार मात्रै पनि ऊर्जा मन्त्रालयले कुलमानलाई अर्को स्पष्टीकरणको पत्र पठाएको छ । कुलमानलाई हटाउन सरकारले सक्रियता बढाएपछि सदनदेखि सडकसम्म यसको विरोध भइरहेको छ ।
ताजा अपडेट
-
देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा बहाव रहने
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
कति पुग्यो अमेरिकी डलरको मूल्य ?
-
सभामुख डीपी अर्यालले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक
-
‘फेरि गृहमन्त्री भएँ भने दुई महिना तस्बिर खिच्न नआउनु’ : सुधन गुरुङ


प्रतिक्रिया