NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३ गते

दुई प्रदेशमा आज वर्षाको सम्भावना

काठमाडौं । दुई प्रदेशमा आज वर्षाको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले एक बुलेटिन सार्वजनिक गर्दै कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना औंल्याएको हो ।

त्यस्तै, महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी भागका एक–स्थानमा हिमपातको सम्भावना पनि देखिएको छ ।

यसबाहेक अन्य स्थानमा भने आइतबार मौसम सफा रहने मौसमविदले जनाएका छन् ।

नेपालको मौसममा अहिले पश्चिम न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।