काठमाडौंमा आज राजावादीको शक्ति प्रदर्शन
काठमाडौं । राजावादीहरूले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछन् । शक्ति प्रदर्शनलाई लिएर राजधानीको सुरक्षा व्यवस्था बिहानैदेखि कडा पारिएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्कंन लागेको छेको पारेर राजावादीहरूले आइतबार उनको स्वागतसँगै प्रदर्शन गर्न लागेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दिउँसो ३ बजे पूर्वराजा ज्ञानेन्द्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं ओर्लन लागेको जानकारी दिँदै उनको स्वागतका लागि उपस्थित हुन सबैमा आग्रह गरेको छ । राजसंस्थावादी अन्य संघ–संगठनले पनि यसैगरी राजाको स्वागत कार्यक्रममा सहभागी भइदिन विभिन्न पेशाकर्मी, सर्वसाधारणलगायतलाई आह्वान गरेका छन् ।
विमानस्थलमा पूर्वराजालाई स्वागत गरेर त्यहाँबाट नारावाजीसहित निर्मल निवास लैजाने उनीहरूको तयारी छ ।
राजावादीहरूको आइतबारको प्रदर्शनलाई मध्यनजर गरेर काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
पछिल्लो केही सातायता नेपालमा राजावादीहरू निकै सक्रिय बन्न थालेका छन् । राजतन्त्र पुनस्र्थापना हुनुपर्ने मागसहित राजावादीहरू सक्रिय हुन थालेपछि राजनीति तरंगित बन्न पुगेको छ ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया