अब्बल सूचना अधिकारी खोज्दै सूचना आयोग, उत्कृष्टले पुरस्कार पाउने
काठमाडौं । राष्ट्रिय सूचना आयोगले उत्कृष्ट सूचना अधिकारी चयन गरेर पुरस्कृत गर्ने भएको छ ।
आयोगले सार्वजनिक निकायमा कार्यरत सूचना अधिकारीहरूमध्येबाट उत्कृष्ट सूचना अधिकारी चयन गरेर उनीहरूलाई पुरस्कृत गर्न लागेको हो ।
आयोगले एक सूचना जारी गर्दै सार्वजनिक निकायमा कार्यरत सूचना अधिकारीलाई ‘उत्कृष्ट सूचना अधिकारी पुरस्कार’बाट सम्मान गर्न लागेको जनाएको छ ।
आयोगले आगामी ३० दिनभित्र कार्यालयमा आइपुग्ने गरी उत्कृष्ट सूचना अधिकारीको नामावली पठाइदिन पनि सार्वजनिकायका कार्यालय प्रमुखलाई आग्रह गरेको छ । आयोगका अनुसार, यससम्बन्धी सिफारिस फाराम आयोगको वेबसाइटमा राखिएको छ ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया