प्रचण्डले आज संसद्मा सम्बोधन गर्दै, प्रधानमन्त्री नजाने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दैछन् ।
प्रतिनिधिसभामा बोल्नका लागि प्रचण्डले समय माग गरेपछि सोमबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएको थियो । कार्यव्यवस्था परामर्श समितिले प्रचण्डको सम्बोधनलाई कार्यसूचीमा राख्ने तय गरेपछि प्रचण्डले मंगलबार संसदमा सम्बोधन गर्ने भएका हुन् ।
आजको बैठकमा प्रचण्डले राजावादीको सक्रियता, सरकारको अकर्मण्यतालगायत विषयमा आफ्नो धारणा राख्ने अनुमान गरिएको छ ।
प्रमुख प्रतिपक्षी दलका नेताले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने कार्यसूची तय भए पनि प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित हुने भएका छन् । ओली आज विराटनगरका विभिन्न कार्यक्रममा व्यस्त हुने उनको सचिवालयले जनाएको छ ।
प्रमुख प्रतिपक्ष दलका नेताले संसदमा सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा छ । तर प्रधानमन्त्री ओली भने यो परम्पराविपरीत प्रमुख प्रतिपक्षी दलका नेताको सम्बोधन हुँदा अनुपस्थित रहँदै आएका छन् । यसअघि गत माघ २४ गते प्रचण्डले प्रतिनिधिसभालाई सम्बोधन गर्दा पनि प्रधानमन्त्री ओली अनुपस्थित थिए ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया