प्रचण्डले आज संसद्मा सम्बोधन गर्दै, प्रधानमन्त्री नजाने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दैछन् ।
प्रतिनिधिसभामा बोल्नका लागि प्रचण्डले समय माग गरेपछि सोमबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएको थियो । कार्यव्यवस्था परामर्श समितिले प्रचण्डको सम्बोधनलाई कार्यसूचीमा राख्ने तय गरेपछि प्रचण्डले मंगलबार संसदमा सम्बोधन गर्ने भएका हुन् ।
आजको बैठकमा प्रचण्डले राजावादीको सक्रियता, सरकारको अकर्मण्यतालगायत विषयमा आफ्नो धारणा राख्ने अनुमान गरिएको छ ।
प्रमुख प्रतिपक्षी दलका नेताले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने कार्यसूची तय भए पनि प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित हुने भएका छन् । ओली आज विराटनगरका विभिन्न कार्यक्रममा व्यस्त हुने उनको सचिवालयले जनाएको छ ।
प्रमुख प्रतिपक्ष दलका नेताले संसदमा सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा छ । तर प्रधानमन्त्री ओली भने यो परम्पराविपरीत प्रमुख प्रतिपक्षी दलका नेताको सम्बोधन हुँदा अनुपस्थित रहँदै आएका छन् । यसअघि गत माघ २४ गते प्रचण्डले प्रतिनिधिसभालाई सम्बोधन गर्दा पनि प्रधानमन्त्री ओली अनुपस्थित थिए ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया