प्रतिनिधिसभामा निजीकरण विधेयक प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभामा निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ प्रस्तुत भएको छ ।
सभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक प्रस्तुत गरे । बैठकमा अर्थमन्त्री पौडेलले विरोधका सूचना राख्ने सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै बन्द, रुग्ण र घटामा रहेका संस्थालाई यही अवस्थामा रहन दिन नसकिने, त्यहाँ रहेका सम्पत्तिको व्यवस्थापन गरेर जानुपर्ने आवश्यकता बोध गरी विधेयक ल्याइएको स्पष्ट पारे ।
बैठकले उक्त विधेयकमाथि सांसदहरु प्रभु साह, मेटमणि चौधरी, प्रेम सुवाल, छिरिङ ल्हामु लामा (तामाङ), माधव सापकोटा र चित्रबहादुर केसीबाट प्राप्त विरोधका सूचना बहुमतले अस्वीकृत गरेको थियो ।
ताजा अपडेट
-
वीरगञ्ज नाकाबाट भटमासको कच्चा तेल आयात ५२ अर्ब, निर्यात ५५ अर्ब
-
बुकीपाटनका भेडीगोठ : पर्यटकको मन लोभ्याउने हिमाली सुन्दरता
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया