पहाडी जिल्लामा आज फागु पूर्णिमा मनाइँदै, तराईमा भोलि
काठमाडौं । रङहरूको पर्वका रूपमा लिइने फागु पूर्णिमा आज देशका पहाडी जिल्लाहरूमा मनाइँदैछ ।
असत्यमाथि सत्यको जितको रूपमा हरेक वर्ष फागु शुक्ल पूर्णिमाका दिन होली पर्व मनाइने गरिन्छ ।
यद्यपि, होली पहाड र मधेसमा एक दिन अघिपछि गरेर मनाउने परम्परा छ । पहाडमा आज होली मनाइँदैछ भने तराईमा भोलि मनाइने छ ।
आफन्त, साथीभाइ भेला भएर विभिन्न रङहरू दलेर होली मनाउने परम्परा छ ।
काठमाडौंको वसन्तपुर, बानेश्वर, ठमेललगायत क्षेत्रमा सांगीतिकलगायत कार्यक्रम गरेर होली मनाइन्छ । यस वर्ष पनि उपत्यकाका विभिन्न स्थानमा होली मनाउने कार्यक्रम राखिएको छ ।
होलीका अवसरमा सरकारले आज देशका पहाडी क्षेत्रमा सार्वजनिक बिदा दिएको छ । तराईमा भने भोलि सार्वजनिक बिदा हुनेछ ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया