नासा र स्पेसएक्सले नयाँ क्रू मिसन प्रक्षेपण गर्ने

एजेन्सी । प्राविधिक समस्याका कारण बुधबार प्रक्षेपण प्रयास रद्द भएपछि नासा र स्पेसएक्सले एजेन्सीको क्रू–१० मिसनलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा प्रक्षेपण गर्ने लक्ष्य राखेका छन् ।
यो मिसन पहिले फ्लोरिडाको नासाको केनेडी स्पेस सेन्टरबाट बुधबार पूर्वी समय अनुसार साँझ ७ः४८ बजे स्पेसएक्स फाल्कन ९ रकेटबाट प्रक्षेपण गर्ने तालिका थियो ।
तर नासाका अनुसार फाल्कन ९ रकेटको ग्राउन्ड सपोर्ट क्ल्याम्प आर्ममा हाइड्रोलिक प्रविधिको समस्याका कारण प्रक्षेपण रद्द गरिएको थियो ।
नासाका अनुसार, मिसन प्रबन्धकहरूले बुधबार साँझ अन्तरिक्ष यानको उडान मार्गमा उच्च हावा र वर्षाको पूर्वानुमानका कारण प्रक्षेपण प्रयास बिहीबार स्थगित गर्ने निर्णय गरे ।
यो मिसनले चार अन्तरिक्ष यात्रीहरूलाई आइएसएसमा लैजानेछ । गत जुनदेखि अन्तरिक्षमा फसेका नासाका अन्तरिक्ष यात्री सुनी विलियम्स र बुच विल्मोर सहित चार क्रू–९ अन्तरिक्ष यात्रीहरूलाई घर ल्याउनेछ ।
ताजा अपडेट
-
एएफसी महिला एसियन कपः नेपालद्वारा लाओस पराजित
-
प्रधानमन्त्री ओली र स्पेन सरकारका अध्यक्ष साञ्चेजबीच दुई पक्षीय भेटवार्ता
-
काँग्रेसले तय गर्यो केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा
-
नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न चीनमा रहेका नेपालीलाई मन्त्री खड्काको आग्रह
-
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश
प्रतिक्रिया