देवरले लिए भाउजूको ज्यान, दाइ गम्भीर घाइते
काठमाडौं । मकवानपुरको हेटौंडामा देवरले भाउजूको बीभत्स हत्या गरेका छन् । आक्रमणबाट उनका दाइसमेत गम्भीर घाइते भएका छन् ।
हेटौंडा उपमहानगरपालिका–१, चौकीटोलकी गुडिया दासको गएराति ९ बजे आफ्नै देबर २३ वर्षीय राहुल भनिने रमेश दासले हत्या गरेका हुन् ।
टाउकोमा गम्भीर चोट लागेको अवस्थामा घरको दोस्रो तलामा दासको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
दासले आफ्नै माइला दाजुलाई पनि खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएका छन् । उनको अहिले मकवानपुरकै सहकारी अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले दासलाई खुकुरी लिएकै अवस्थामा बुधबार राति नै पक्राउ गरिसकेको छ ।
तीन सन्तानकी आमा गुडियाका श्रीमान् वैदेशिक रोजगारीका लागि कतारमा छन् । घरायसी विवादका कारण उनको हत्या भएको बताइए पनि प्रष्ट भइनसकेको र यसबारे अनुसन्धान चलिरहेको प्रहरी भनाइ छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया