देवरले लिए भाउजूको ज्यान, दाइ गम्भीर घाइते

काठमाडौं । मकवानपुरको हेटौंडामा देवरले भाउजूको बीभत्स हत्या गरेका छन् । आक्रमणबाट उनका दाइसमेत गम्भीर घाइते भएका छन् ।
हेटौंडा उपमहानगरपालिका–१, चौकीटोलकी गुडिया दासको गएराति ९ बजे आफ्नै देबर २३ वर्षीय राहुल भनिने रमेश दासले हत्या गरेका हुन् ।
टाउकोमा गम्भीर चोट लागेको अवस्थामा घरको दोस्रो तलामा दासको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
दासले आफ्नै माइला दाजुलाई पनि खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएका छन् । उनको अहिले मकवानपुरकै सहकारी अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले दासलाई खुकुरी लिएकै अवस्थामा बुधबार राति नै पक्राउ गरिसकेको छ ।
तीन सन्तानकी आमा गुडियाका श्रीमान् वैदेशिक रोजगारीका लागि कतारमा छन् । घरायसी विवादका कारण उनको हत्या भएको बताइए पनि प्रष्ट भइनसकेको र यसबारे अनुसन्धान चलिरहेको प्रहरी भनाइ छ ।
ताजा अपडेट
-
खनाल नेतृत्वको आयोगले बझायो अर्थमन्त्रीलाई प्रतिवेदन
-
मन्त्री सहभागी कार्यक्रम छाडेर ऊर्जा सचिव हिँडेपछि…
-
चट्याङ लागेर खोटाङमा दुई महिला गम्भीर घाइते
-
प्रहरीले भन्यो– प्रसाईं पक्राउ परेका छैनन्, भ्रम छर्ने काम नगरौं
-
माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीले मिलेर तालिम सञ्चालन गर्ने
प्रतिक्रिया