रुपन्देहीमा प्रहरी नायब निरीक्षक घुससहित पक्राउ
रुपन्देही, चैत्र १४ गते । प्रहरी चौकी, हाटी बनगाई दुगौलियामा कार्यरत प्रहरी नायब निरीक्षक खिम बहादुर खड्का घुस रकमसहित पक्राउ परेका छन् ।
भारतबाट रुपन्देही जिल्लाको दुगौलिया नाका हुँदै भन्सार छली अवैध रूपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनलाई पक्राउ गरेको हो ।
खड्काले सेवाग्राहीबाट रु. ३०,०००/- (तीस हजार रुपैयाँ) घुस
लिइसकेको अवस्थामा जिल्ला रुपन्देही, मायादेवी गाउँपालिका वडा नं. ६ अन्तर्गतबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया