रुपन्देहीमा प्रहरी नायब निरीक्षक घुससहित पक्राउ

रुपन्देही, चैत्र १४ गते । प्रहरी चौकी, हाटी बनगाई दुगौलियामा कार्यरत प्रहरी नायब निरीक्षक खिम बहादुर खड्का घुस रकमसहित पक्राउ परेका छन् ।
भारतबाट रुपन्देही जिल्लाको दुगौलिया नाका हुँदै भन्सार छली अवैध रूपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनलाई पक्राउ गरेको हो ।
खड्काले सेवाग्राहीबाट रु. ३०,०००/- (तीस हजार रुपैयाँ) घुस लिइसकेको अवस्थामा जिल्ला रुपन्देही, मायादेवी गाउँपालिका वडा नं. ६ अन्तर्गतबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया