NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

प्रधानमन्त्री ओली आजदेखि चार दिन देश बाहिर रहने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार थाइल्याण्ड जाँदैछन् । मध्याह्न साढे १२ बजे नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणका लागि निस्कन लागेका हुन् ।

थाइल्याण्डमा हुने बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

भ्रमणका दौरान दुुई देशबीच केही सम्झौतामा समेत हस्ताक्षर हुने बताइएको छ ।

प्रधानमन्त्री ओली यही चैत २३ गते स्वदेश फर्कने छन् ।