वर्तमान सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् छ : प्रधानमन्त्री
सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपालको ७५औं वार्षिकोत्सवका अवसरमा एक शुभकामना सन्देश दिँदै उनले प्रेस स्वतन्त्रताप्रतिको सरकारको निष्ठा व्यवहारसिद्ध रहेको बताएका छन् ।
समाजको महत्त्वपूर्ण अङ्गको भूमिका पाएको प्रेस जगत्ले राष्ट्रियता, लोकतन्त्र, सुशासन र विकासलाई सहयोग पुग्नेगरी जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको अभिभारा पूरा गर्न सरकारले अघि सारेका सामाजिक परिवर्तन, विकास, सुशासन, स्वच्छता र पारदर्शिताको अभियानलाई जनसमक्ष विस्तार गर्न रेडियो नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले भनेका छन्, “नेपालको राजनीतिक जागरणमा रेडियो नेपालको ठूलो योगदान रहेको छ । रेडियो नेपालले अब देश विकासका निम्ति सृजनात्मक रूपमा आमनागरिकलाई सुसूचित गर्नुपर्ने बेला आएको छ । अब हाम्रा सूचना र सन्देश रोजगारी सृजनासँगै नवीन प्रविधिका माध्यमबाट देश विकासको गतिलाई अगाडि बढाउँदै आर्थिक समृद्धिको यात्रामा केन्द्रित हुनुपर्छ ।”
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया