विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाई, इन्जिनियर अमित कुमार ठाकुरलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेकाे छ ।
आयोगले विशेषको फैसला चित्त नबुझेको भन्दै उनीहरूलाई भ्रष्टाचार निवारण ऐन अनुसार सजायको माग गर्दै सर्वोच्चमा पुनरावेदन गरेको हो ।
आयोगले आव २०७६/०७७ मा मकवानपुरको मनहरी गाउँपालिका वडा नं ६ स्थित लोथर-हाङ्गलाङ्ग-फरीवाङ्ग-पाङ्गथली सडक स्तरोन्नति गर्ने कार्यमा भएको काम भन्दा बढी रकम भुक्तानी गरेको भन्दै भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ बमोजिम सजाय माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको थियो ।
ताजा अपडेट
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
प्रतिक्रिया