घुस लिएको आरोपमा मालपोत कार्यालय जलेश्वरका नायब सुब्बासहित ३ जनामाथि आरोपपत्र दायर
काठमाडौं । जलेश्वर भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बासहित तीन जनालाई अख्तियार दुुरुपयोग अनुसन्धान आयोगले आरोपत्र दायर गरेको छ ।
आयोगले आज खरिदार मुन्नु कुमार दास, लेखापढी कानून व्यवसायी जिवछ महतोसहित ३ जना उपर घुस लिएर भ्रष्टाचार गरेको आरोपमा बिशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।
खरिदार दास र कानून व्यवसायी महतोले जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग पैतीस हजार रुपैयाँ घुस घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको आयोगको आरोपपत्रमा उल्लेख छ ।
प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो पैतीस हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा जरिवाना सजायको माग आयोगले गरेको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया