NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २४ गते

घुस लिएको आरोपमा मालपोत कार्यालय जलेश्वरका नायब सुब्बासहित ३ जनामाथि आरोपपत्र दायर

काठमाडौं । जलेश्वर भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बासहित तीन जनालाई अख्तियार दुुरुपयोग अनुसन्धान आयोगले आरोपत्र दायर गरेको छ ।

आयोगले आज खरिदार मुन्नु कुमार दास, लेखापढी कानून व्यवसायी जिवछ महतोसहित ३ जना उपर घुस लिएर भ्रष्टाचार गरेको आरोपमा बिशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।

खरिदार दास र कानून व्यवसायी महतोले जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग पैतीस हजार रुपैयाँ घुस घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको आयोगको आरोपपत्रमा उल्लेख छ ।

प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो पैतीस हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा जरिवाना सजायको माग आयोगले गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष