NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २० गते

विशेष अदालतको फैसलामाथि अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंले गरेको फैसलामाथि सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । आयोगले २ वटा मुद्दाकाे फैसला चित्त नबुुझेको भन्दै सर्वोच्चमा पुनरावेदन दिएको हाे ।

२०७८/०७९ मा रौतहटका नगर प्रमुख अजय प्रकाशलाई रौतहटकाे कटहरिया नगरपालिका वडा नं.२ स्थित जमुनिया बजारमा रहेको सामुदायिक भवनमा टायल्स फ्लोरिङको काममा फिल्डमा भए गरेको कार्य भन्दा बढी परिमाण देखाई बढी भुक्तानी गरेको भन्दै आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको थियो ।

त्यस्तै, आयोगले  High  Dependency Unit (HDU)  को उपकरण खरिद मूल्यांकन समितिका संयोजक तथा स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेब मेहतामाथि स्वास्थ्य निर्देशनालय, धनकुटाले कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र, बिराटनगरको लागि HDU  को उपकरण खरिद गर्दा खरिद नियमावली विपरित गलत लिखतको आधारमा खरिद  गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगो बमोजिम जरिवाना माग गर्दै आरोपपत्र दायर गरेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष