कामु गभर्नरको जिम्मेवारीमा निलम ढुङ्गाना

काठमाडौँ । नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकिएको छ ।
गभर्नर नियुक्तका लागि गठित सिफारिस समितिले नाम सिफारिस गर्न ढिलाई गरेपछि अर्थ मन्त्रालयले तिम्सिनालाई उक्त जिम्मेवारी दिएको हो । नेपाल राष्ट्र बैङ्क ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोक्केकाे उनकाे सचिवालयले जनाएको छ ।
गभर्नर नियुक्ति सिफारिस गर्नका लागि अर्थमन्त्री पौडेलको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल सम्मिलित तीन सदस्यीय समिति गठन गरिएको छ ।
ताजा अपडेट
-
आधा विश्वले जलवायु परिवर्तनका कारण अतिरिक्त गर्मीको सामना गर्यो : अध्ययन
-
पाँच लाख भारतीय रुपैयाँसहित दुई पक्राउ
-
गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने माओवादीको अडान
-
अर्थमन्त्री पौडेलले भने- बजेट कार्यान्वयन आजैबाट सुरु हुन्छ
-
आइतबार उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा
प्रतिक्रिया