प्रहरीले भन्यो– प्रसाईं पक्राउ परेका छैनन्, भ्रम छर्ने काम नगरौं
काठमाडौं । नेपाल प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईं हालसम्म पक्राउ नपरेको स्पष्ट पारेको छ । खोजीको सूचीमा रहेका उनको खोजी कार्य भने जारी रहेको प्रहरीको भनाइ छ ।
प्रहरीको विभिन्न स्रोतलाई उद्धृत गर्दै बिहीबार राति प्रसाईं भारतमा पक्राउ परेको समाचार सञ्चारमाध्यमले प्रकाशन/ प्रसारण गरेका थिए । लगत्तै प्रहरीले उक्त समाचारको खण्डन गरेको हो ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले प्रसाईंको खोजी जारी रहे पनि हालसम्म पक्राउ नपरेको बताए । उनले प्रसाईं पक्राउ परेको भनेर भ्रामक समाचार प्रकाशन, प्रसारण नगर्न पनि सबैमा आग्रह गरे ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया