प्रहरीले भन्यो– प्रसाईं पक्राउ परेका छैनन्, भ्रम छर्ने काम नगरौं

काठमाडौं । नेपाल प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईं हालसम्म पक्राउ नपरेको स्पष्ट पारेको छ । खोजीको सूचीमा रहेका उनको खोजी कार्य भने जारी रहेको प्रहरीको भनाइ छ ।
प्रहरीको विभिन्न स्रोतलाई उद्धृत गर्दै बिहीबार राति प्रसाईं भारतमा पक्राउ परेको समाचार सञ्चारमाध्यमले प्रकाशन/ प्रसारण गरेका थिए । लगत्तै प्रहरीले उक्त समाचारको खण्डन गरेको हो ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले प्रसाईंको खोजी जारी रहे पनि हालसम्म पक्राउ नपरेको बताए । उनले प्रसाईं पक्राउ परेको भनेर भ्रामक समाचार प्रकाशन, प्रसारण नगर्न पनि सबैमा आग्रह गरे ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया