विशेष अदालतको फैसलाविरुद्ध अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंले गरेको फैसलाविरुद्घ सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।
आयोगले आज विशेषबाट भएको फैसला चित्त नबुुझेको भन्दै २ वटा मुद्दामा पुनरावेदन दिएको हो । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नायब सुब्बा गणपति झाले गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै आयोगले आरोपपत्र दायर गरेको थियो ।
सोही मुुद्दामा ०८१ वैशाख १९ गते विशेष अदालतले नायब सुुब्बा झालाई सफाई दिएको थियो । त्यस्तै, आयोगले नेपाल बिद्युत प्राधिकरणमा कार्यरत इन्जिनियर कृष्ण प्रसाद यादवको मुुद्दामा पनि सर्वोच्चमा पुुनरावेदन गराएको छ ।
इन्जिनियर यादवमाथि पनि गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप थियो । यादवलाई ०८१ जेष्ठ २२ गतेको फैसलाबाट विशेष अदालतले सफाइ दिएका थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया