विशेष अदालतको फैसलाविरुद्ध अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंले गरेको फैसलाविरुद्घ सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।
आयोगले आज विशेषबाट भएको फैसला चित्त नबुुझेको भन्दै २ वटा मुद्दामा पुनरावेदन दिएको हो । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नायब सुब्बा गणपति झाले गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै आयोगले आरोपपत्र दायर गरेको थियो ।
सोही मुुद्दामा ०८१ वैशाख १९ गते विशेष अदालतले नायब सुुब्बा झालाई सफाई दिएको थियो । त्यस्तै, आयोगले नेपाल बिद्युत प्राधिकरणमा कार्यरत इन्जिनियर कृष्ण प्रसाद यादवको मुुद्दामा पनि सर्वोच्चमा पुुनरावेदन गराएको छ ।
इन्जिनियर यादवमाथि पनि गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप थियो । यादवलाई ०८१ जेष्ठ २२ गतेको फैसलाबाट विशेष अदालतले सफाइ दिएका थियो ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया