भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस अद्वितीय छ : अध्यक्ष दाहाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक दशकअघि आजकै दिन गएको भूकम्प (गोरखा भूकम्प) को विपत्तिबाट उठ्न जनताले देखाएको साहस, संयमता र दृढ सङ्कल्प अद्वितीय रहेको बताएका छन् ।
गोरखा भूकम्पको स्मरणमा आज सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले पुनर्निर्माणका केही कार्य सम्पन्न भए पनि जनताले अझै पनि शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पूर्वाधार, रोजगारजस्ता विषयमा विभिन्न चुनौतीको सामना गरिरहेको उल्लेख गरे ।
“दोस्रो पटक प्रधानमन्त्री हुँदा मैले बारपाकसहित भूकम्पबाट अति प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनःसंरचनाका लागि प्रयास गरेँ । स्थानीय जनताको सहयोग र साथका कारण धेरै कामहरू अघि बढे । तेस्रो कार्यकालमा पनि प्रकोप व्यवस्थापनका क्षेत्रमा उल्लेख्य पहलकदमी भएको विदितै छ”, अध्यक्ष दाहालले उल्लेख गरे ।
अध्यक्ष दाहालले जनताबाट प्राप्त विश्वास, सुझाव र प्रेरणाले आफूहरुलाई अझ जिम्मेवार र प्रतिबद्ध बनाएको उनले बताए । “हामीले विगतमा एकताबद्ध भएर विपत्तिको सामना गर्न सकेका थियौँ, अब पनि साझा उद्देश्यका साथ विकास र समृद्धिको लक्ष्य हासिल गर्न सक्छौँ भन्ने दृढ विश्वास छ”, उनले सन्देशमा भनेका छन् ।
ताजा अपडेट
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए, होटल भरिभराउ, स्थानीय गाउँमै रोजगार


प्रतिक्रिया