सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु
काठमाडौं । सरकार र तीन सातादेखि आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता सुरु भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शनिबार बिहान ८ बजेबाट दुई पक्षबीच वार्ता सुरु भएको हो ।
वार्तामा शिक्षा मन्त्री रघुजी पन्त, मन्त्रालयका सचिव दीपक काफ्ले, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव मदनराज जोशीलगायत २५ जना सहभागी छन् ।
वार्तामा अहिले आन्दोलनरत पक्षले उठाएका मागहरूमाथि छलफल चलिरहेको छ ।
नयाँ शिक्षक ऐन जारी हुनुपर्ने, विद्यालयलाई स्थानीय तह मातहत नभई संघअन्तर्गत राख्नुपर्नेलगायत माग राखेर तीन सातादेखि आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्री पन्तले शुक्रबार औपचारिक रूपमा वार्तामा बोलाएका थिए । लगत्तै सरकारले वार्तामा सहभागी हुनेको सूची पनि सार्वजनिक गरेको थियो । तर ती नामप्रति असहमति जनाउँदै महासंघ नेतृत्व वार्तामा बस्न तयार भएन । अन्तिम समयमा शुक्रबार स्थगित हुन पुगेको वार्ता मन्त्रीको अग्रसरतामा शनिबार बिहान सुरु भएको हो ।
सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्कंने वातावरण बनउन आदेश जारी गरेकाले सरकार दबाबमा परेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया